बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बृहत नेटवर्क सञ्जाल वर्ल्ड लिङ्क नेपाल सरकारबाट सम्मानित

सोमबार, ०२ मङ्सिर २०७६, १५ : ५३
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौं । देशैकै एक वृहत इन्टरनेट प्रदायक कम्पनी वल्र्ड लिङ्क सम्मानित भएको छ । सञ्चारमाध्यमको तर्फबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा वल्र्ड लिङ्क प्रा.लि नेपाल सरकार तथा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको हो । 

विभागले गत आइतबार राष्ट्रिय कर दिवसको अबसरमा कम्पनीलाई सम्मान गरेको हो । कम्पनीका तर्फबाट वल्र्ड लिङ्कका प्रमुखदिलिप अग्रवालले अर्थमन्त्री डा.युवराज खतिवडाबाट सम्मानपत्र ग्रहण गरेका हुन् ।
आक्रमक योजना तथा इन्टरनेट सेवा विस्तारमा लागेको वल्र्ड लिंकलेदेशैभरी सेवा सञ्जाल विस्तारमा लागेको छ । 

सन् १९९५ मा इन्टरनेट सेवा सुरुवात गरेको कम्पनीले आफ्नो यात्राको २४ वर्ष पुरा गरिसकेको छ ।  यसै क्रममा वल्र्ड लिंकले आफ्नो पुँजी र गति विस्तारमा अन्तर्राष्ट्रिय साझेदार कम्पनी समेत भित्र्याउन सफल भएको छ ।

गत महिना मात्र कम्पनीले एक करोड ३५ लाख अमेरिकी डलर सहित बहुप्रतिक्षित बेलायती कम्पनी सीडीसी ग्रुपलाई भित्र्याएको छ । योसँगै वल्र्ड लिंकले नेपालको दुरदराजका क्षेत्रहरुमा समेत सेवा पु¥याउन थप बल पुगेको बताएको छ ।

हाल देशैभरबाट ३ लाख ५० हजार माथि वल्र्ड लिंक ग्राहकहरु रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप