शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा बस दुर्घटना हुँदा १४ जना घाइते

सोमबार, ०२ मङ्सिर २०७६, १३ : १९
सोमबार, ०२ मङ्सिर २०७६

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाँउपालिका–१, कुसुममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सोमबार बिहान दाङको तुल्सीपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना५ख ६४४९ नम्बरको बस ९ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा बसमा सवार १४ जना घाइते भएको प्रहरीले  जनाएको छ । घाइतेमध्ये रुकुमको चौरजहारी नगरपालिका १३ का ५३ वर्षीय दलबहादुर मल्ल र दाङको दंगीशरण गाउँपालिका–६ की ७२ वर्षीया विष्णु कुमारी नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, बाँके पठाइएको प्रहरीको भनाइ छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप