शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक

सोमबार, ०२ मङ्सिर २०७६, १३ : ०६
सोमबार, ०२ मङ्सिर २०७६

दाङ– वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मालाई पत्नी शोक परेको छ । घोराही उपहानगरपालिका–१७ बर्गदी निवासी रोहिणीदेवी शर्माको सोमबार बिहान ८५ वर्षको उमेरमा घोराही–१५ मा असामयिक निधन भएको हो । 

बिरामी शर्माको उपचारका क्रममा घरमै आज बिहान ५ बजे निधन भएको हो । उनको आजै दिउँसो १२ बजे घोराहीको कटुवाखोलास्थित शङ्खेपिपलघाटमा दाहसंस्कार गरिने  छ । शर्माका चार छोरा र एक छोरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप