शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टिनएजमा प्रेम बस्यो, उनीसँगै विवाह गरेँ

शुक्रबार, ०२ भदौ २०७४, १६ : ०१
शुक्रबार, ०२ भदौ २०७४

लोक दोहोरी गीतको म्युजिक भिडियोमा चलेका मोडल मध्य एक हुन् – गीता राई । दुई दर्जन बढी लोकदोहोरी गीतमा अभिनय कौसल देखाएकी राईले मोडलिङका कारणले बिभिन्न पुरस्कार र अवार्ड समेत हात पारेकी छन् । केही दिन पहिले राजधानीमा सम्पन्न ‘म्युजिक खबर म्युजिक अवार्ड २०७४’मा पनि उनी ‘निस्ठुरी मायालु ’बोलको लोक दोहोरी गीतबाट उत्कृष्ट दोहोरी मोडलको अवार्ड समेत हात पर्न सफल रहिन् । बिषेश गरेर कल्चरल डान्समा देखिने राई महेन्द्र पुलिस क्लबको डान्सर पनि हुन् । थुप्रै स्टेज सो अनुभव समेत लिएकी राईलाई रातोपाटीको दश प्रश्न ।

गीतको मोडलिङबाट ‘म्युजिक खबर अवार्ड २०७४’ जित्नु भएको छ, अवार्ड पाउँदा कस्तो लाग्यो ?
– एकदमै खुसी छु । अवार्ड आफुले गरेको कामको सम्मान हो । सम्मानले अझ राम्रो काम गर्न प्रेरणा मिलेको छ । जिम्बेवारी थपिएको भान भयो । 

मोडलिङमा क्रियासिल तपाई , सौन्दर्यतिर विशेष ध्यान दिनुहुन्छ होला ?
– सौन्दर्यको लागि महिलालाई प्रकृतिले नै विशेष देन दिएको हुन्छ । त्यसलाई हल्का मेकअप गरेर हामीले निखार्ने मात्र हो । मेकअपमा गाँजल, लिपस्टिक, मस्कारा र पाउडर सधैँ लगाउँछु । 

फिटनेसमा कतिको ध्यान दिनुहुन्छ ?
– मेरो धेरै समय डान्स कम्पोजमा बितिरिहेको हुन्छ । सिकाउँदा र सिक्दा । त्यसैले फिटनेशको जरुरी पर्दैन । डान्ससँगै एक्सरसाइज भइरहेको हुन्छ ।

फेसन तिर त रुचि पक्कै होला ?
रुचि त धेरै छ । फेसन अनुसार चल्न मन लाग्छ । तर आफ्नो कामले भ्याउँदिन । फेसनएबल महिला पनि मनपर्छ । मलाई चाहीँ सिम्पल क्याजुअल ड्रेसमा बढी सुहाउँछ । 

घुम्न कति रुचाउँनु हुन्छ ?
घुम्न धेरै मनपर्छ । देशको धेरै ठाउँ अझै घुम्न बाँकी छ । मनाङ मुस्ताङ जान पाएकी छैन । जाने रहर छ । 

मोडलिङको पहिलो कमाइले के गर्नुभयो ?
आफ्ना लागि आवश्यक पहिरन किने । टिसर्ट पाइन्ट लगायत ।

मोडलका पछि लाग्ने केटा धेरै हुन्छन् रे नि हो ?
हो । मेरा पनि धेरै छन् । कतिले बिबाहित हो, कि अविवाहित भनेर पनि सोध्छन् । केही भेटौन, भेट्न मनलाग्यो, संगै चियाखाउँ कुरा गर्न मन लागेको छ पनि भन्छन् । आफू त विवाहित मान्छे । ति कुरा तिर ध्यान दिन्न ।

तपाईको प्रेम विवाह हो ?
– हो । मेरो टिनएज मै एक केटासँग प्रेम बस्यो । उसैसँग मैले विवाह पनि गरे । सुरुवा उहाँ साथी मात्र थिए । साथी भएपनि मेरो केयर गर्नुहुन्थ्यो । उहाँको आफु प्रतिको केयरले मलाई पनि उहाँको माया लागेर आयो । दुबैको सहमतीमा विवाह गरियो ।

एक पटकमा कति सपिङ गर्नुहुन्छ ?
सपिङमा जान धेरै मनपर्छ । तर ब्यस्तताले भ्याउँदिन । एक पटकको सपिङमा त्यस्तै १०÷१५ हजार जति गर्छु ।

मनपर्ने नायक ?
अलि पहिलेको हिरोमा राजेश हमाल मनपर्छ । अहिलेकोमा चलचित्र ‘प्रेम गीत’को हिरो प्रदीप खड्का मनपर्छ । प्रदीपको अभिनय पनि राम्रो लाग्छ । त्यो भन्दा पनि बढी उसको स्माइल (हाँसो) मनपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप