शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ज्ञानेन्द्र नाइटक्लबमा नाचिरहेको भिडियो राख्दै कमल थापाले लेखे, ‘जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने राजा’

सोमबार, ०२ मङ्सिर २०७६, ०९ : २०
सोमबार, ०२ मङ्सिर २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाह नाइटक्लबमा नाचिरहेको भिडियो पोष्ट गर्दै राजा र राजसंस्थाको निकै तारिफ गरेका छन् ।

आइतबार राती उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक– राजसंस्था ।’


कमल थापा ज्ञानेन्द्रको तत्कालीन सरकारका तर्फबाट गृहमन्त्री थिए । उनी हाल राजतन्त्रको वकालत गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप