बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोसोभोमाथि सानदार जित निकाल्दै इङ्ल्यान्ड युरोकपमा छनोट

सोमबार, ०२ मङ्सिर २०७६, ०८ : ०९
सोमबार, ०२ मङ्सिर २०७६

इङ्ल्यान्ड युरोकप छनोटमा छनोट भएको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा कोसोभोमाथि ४–० गोलको प्रभावशाली जित निकाल्दै इङ्ल्यान्डले युरोकपमा स्थान बनाएको हो । इङ्ल्यान्डको जितमा ह्यारी विङ्स, कप्तान ह्यारी केन, मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे ।  

एकपक्षीय खेलमा इङ्ल्यान्डले ३२औं मिनेटमा ह्यारी विङ्सको गोलबाट अग्रता लिएको थियो । इङ्ल्यान्डले तीन गोल दोस्रो हाफमा थपेको थियो । ७९औं मिनेटमा ह्यारी केनले गोलगर्दै टोलीको अग्रता दोब्बर बनाए । मार्कुस रासफोर्डले ८३औं मिनेटमा र मासन माउन्टले इन्जुरी समयमा गोलगर्दै इङ्ल्यान्डलाई सानदार जित दिलाए ।

जितसँगै समूह ‘ए’ को शीर्ष स्थानमा रहेको इङ्ल्यान्डले आठ खेलबाट २१ अंक बनायो । यस समूहबाट चेक रिपब्लिक दोस्रो भयो । आइतबार रातिनै भएको खेलमा चेक बुल्गेरियासँग १÷० गोलले पराजित भएको थियो । हारेपनि दोस्रो स्थानमा रहेको चेक रिपब्लिकले १५ अंक बनाएको छ । ६ अंक बनाएको बुल्गेरिया चौथो स्थानमा रह्यो । ११ अंक बनाएको कोसोभो तेस्रो र तीन अंकमा सिमित मोन्टेनेग्रो अन्तिम स्थानमा रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप