शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपकुलपतिको सिफारिस १९ गतेभित्र

सोमबार, ०२ मङ्सिर २०७६, ०७ : ३०
सोमबार, ०२ मङ्सिर २०७६

उपकुलपति रिक्त रहेका विश्वविद्यालयहरूका लागि यही मङ्सिर १९ गतेभित्र व्यक्ति सिफारिस गरिने भएको छ । पूर्वाञ्चल, नेपाल संस्कृत, कृषि तथा वन, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पोखरा विश्वविद्यालयमा उपकुलपति रिक्त छन् भने नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद रिक्त छ ।

राष्ट्रिय योजना आयोगका शिक्षा हेर्नुहुने सदस्य डा. उषा झाले मङ्सिर १९ गतेभित्रमा पदाधिकारी नियुक्तिका लागि हरेक विश्वविद्यालयका लागि तीन, तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसक्ने जानकारी दिइन् । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने व्यवस्था छ ।

डा. झा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति सिफारिस समितिका संयोजक तथा पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति सिफारिस समितिका सदस्य छिन् । नेपालको विश्वविद्यालयको इतिहासमै पहिलो पटक उपकुलपति र सेवा आयोगको अध्यक्षका लागि रोस्टर तयार गर्न लागिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप