बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिलामाथि डोजर चलाउने चालक पूर्पक्षको लागि जेल चलान

आइतबार, ०१ मङ्सिर २०७६, २२ : ३४
आइतबार, ०१ मङ्सिर २०७६

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक  किशोर बोहरा पूर्पक्षका लागि जेल चलान भएका छन् । 

बैतडी जिल्ला अदालतका जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई आइतबार पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो ।

त्यस्तै चालक बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । 

गत कात्तिक ४ गते सडक निर्माण गर्ने क्रममा स्थानीय गौरी जोशीलाई डोजरले पेलेको थियो । लगत्तै डोजरले पेल्ने चालक किशोर बोहरालाई प्रहरीले पक्राउ गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप