बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नम्रता र प्रद्युम्नराजका दुई नयाँ कृति सार्वजनिक

आइतबार, ०१ मङ्सिर २०७६, २२ : २७
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं । डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेका दुई नयाँ कृति सार्वजनिक भएको छ । ‘रहस्यः जीवन र प्रेम’ तथा ‘ऊर्जा’ नामक कृति शनिबार काठमाडौंमा सार्वजनिक गरिएको हो । एक कार्यक्रमबीच शताब्दी पुरुष सत्यमोहन जोशी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई नयाँ कृति सार्वजनिक गरे।

‘ऊर्जा’ मा समसामयिक एवं सामाजिक विषयवस्तुका ४७ निवन्ध समावेश छन् । रहस्यः जीवन र प्रेमु पुस्तकले जीवनमा प्रेमको महत्व दर्शाएको छ । प्रेमपूर्ण भावले मात्रै जीवनमा प्रगति सम्भव रहेकोतर्फ पुस्तक केन्द्रित छ ।  

कार्यक्रममा प्रमुख अतिथी जोशीले पुस्तक जीवनपयोगी भएको बताए भने विशिष्ट अतिथी घिसिङले साहित्यभन्दा फरक कृषिमा विद्यावारिधि गरेका दम्पतीले कला साहित्यतर्फ समेत पुर्याएको योगदानको प्रसंशा गरे ।

दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समालोचक एवं सर्जक डा. राम प्रसाद ज्ञवालीले ‘ऊर्जा’ र डा. लेखप्रसाद निरौलाले ‘रहस्यः जीवन र प्रेम’ माथि समिक्षात्मक टिप्पणी गरेका थिए ।

कृषिवीद डा. प्रद्युम्नराज पाण्डे र स्वतन्त्र सामाजिक परामर्शदाता डा. नम्रता पाण्डेका यसअघि आध्यात्मिक निवन्ध संग्रह ‘आफ्नो किताब’ प्रकाशित भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप