बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तीज गीत प्रतियोगितामा कन्स्टिलेसन विजयी

शुक्रबार, ०२ भदौ २०७४, १५ : ४३
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौं – तीज नजिकिएसँगै विभिन्न प्रतियोगिता एवं रमझम पनि सुरु भएको छ । यसैक्रममा प्याब्सन काठमाडौं अन्तर्गत रहेको म्याचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)ले पनि राजधानीमा तीज गीत प्रतियोगिता आयोजना गरेको छ । 

सो प्रतियोगीता विशालनगरस्थित कन्स्टिलेसन एकेडेमी गार्डेन हाइस्कुल विजयी भएको छ । प्रतियोगीतामा सरस्वतीनगरस्थित गोल्डेन पिक हाइस्कुल र गौशालास्थित सम्भावी हाइस्कुल क्रमश दोस्रो र तेस्रो हुन सफल भयो । 

सहभागी विद्यालयको प्रस्तुतिलाई सांस्कृतिक संस्थानका नृत्य प्रशिक्षक सीता कार्की, माया थापा र सुशीला थापाले मूल्यांकन गरेका थिए ।

प्रतियोगितामा वानेश्वरस्थित पिस प्वाइन्ट बोर्डिङ स्कुलले सान्त्वना पुरस्कार हात पार्न सफल भयो । 

विजेता विद्यालयलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले ट्रफी, सिल्ड तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् । सो अवसरमा प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले सहभागी विद्यालय एवं विद्यार्थीलाई शुभकामना दिँदै यस्ता प्रतियोगिताले विद्यार्थीमा निहित प्रतिभा प्रस्फुटन गर्न मद्दत पु¥याउने बताए ।

माफमा अहिले २२ वटा विद्यालय आबद्ध छन् । तीमध्ये तीज गीत प्रतियोगितामा १३ विद्यालयले सहभागी थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप