शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिसस कपिलवस्तुमा काँग्रेसको प्यानल विजय

शुक्रबार, ०२ भदौ २०७४, १५ : ३९
शुक्रबार, ०२ भदौ २०७४

कपिलवस्तु । जिल्ला समन्वय समिति कपिलवस्तुमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । शुक्रवार  भएको निर्वाचनमा संयोजकमा काँग्रेस प्यानलका नारायण खनाल बिजयी भएका हुन् ।

बुद्धभूमि नगरपालिकाका खनालले १२ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृत विश्व मंगल आत्रेयले जानकारी दिए । उप—संयोजकमा काँग्रेसकै तारावती चौधरी विजयी भएकी छन् ।

७ सदस्य पनि काँग्रेसकै बिजयी भएका छन् । 

सदस्यहरुमा काँग्रेसबाट प्रमिला मल्ल, कुन्ती पासी, साठीया थारु, काजु ताडीवान, तेज बहादुर रायमाझी, घनश्याम मौर्य र अनुप कुमार पाण्डेय रहेका छन् ।

तौलिहवामा भएको निर्वाचनमा काँग्रेस र एमालेले छुट्टा छुट्टै प्यानलबाट उम्मेदवारी दिएका थिए  । कांग्रेस प्यानलमा २ स्वतन्त्र र माओवादी केन्द्र थिए भने एमालेलाई संघीय समाजबादी फोरम नेपालले साथ दिएको थियो ।

१० स्थानीय तह रहेको यस जिल्लामा जिसस चुनावका लागि काँग्रेसको १०, स्वतन्त्र २, एमालेको ५ र संघिय समाजवादी फोरमको १, माओवादीले केन्द्रले १, नयाँ शक्ति १ मत रहेको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप