बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेञ्चुरी कमर्सियल बैंकद्धारा विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

आइतबार, ०१ मङ्सिर २०७६, १९ : ००
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्ला, धुलिखेल नगरपालिका, वडा नं ७ स्थित श्री सञ्जीवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधी र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पु¥याउने उद्येश्यले २ थान कम्प्यूटर वितरण गरेको छ । 

कम्प्यूटर धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गानाले एक समारोहका बिच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण समारोहमा विद्यालय तथा बैंकका कर्मचारीहरुको पनि उपस्थिती थियो । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप