बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सन्तोषको ‘उदास जवानी’ सार्वजनिक

आइतबार, ०१ मङ्सिर २०७६, १३ : ३८
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं । वरिष्ठ गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठको नयाँ आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ सार्वजनिक भएको छ । 

शनिबार कालिकास्थान अवस्थित सर्वनाम थियटरमा आयोजित एक कार्यक्रममा वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ साहित्यकार तुलसी दिवस लगायतले एल्बम संयुक्त रुपमा सार्वजनिक गरे । 

कार्यक्रममा वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलले कालीप्रसाद रिजाल आफैमा राम्रो गीतकार रहेको भन्दै ‘उदास जवानी’मा रहेका गीतहरू उत्कृष्ठ भएको बताए । उनले सन्तोष श्रेष्ठले गीतमा दिएको संगीतको प्रशंसा समेत गरे । 

संगीतकार जंगमले ‘उदास जवानी’लाई महत्वपूर्ण कीर्तिका रुपमा आफूले लिएको बताए । 

वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसले ‘उदास जवानी’लाई नेपाली आधुनिक संगीतको क्षेत्रमा राम्रो कीर्ति आएको बताए ।

कार्यक्रममा एल्बमका दुई गीत ‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई नै गर्भमा नै...’को भिडियो समेत देखाइएको थियो । हेम प्रभासको निर्देशन रहेको दुई भिडियो मध्य ‘एक्लो उदास जवानी...’मा मनोज राजले स्वर दिएका छन् । म्युजिक भिडियोमा अभिनेता मोहन निरौला र उषा खनालको अभिनय रहेको छ । 

‘मै छोरीलाई गर्भमा नै...’मा निशा देशारको स्वर रहेको छ । श्रीजना श्रेष्ठ, सफलता श्रेष्ठ, नारायणी उप्रेती, प्रदीप रिजाल र लक्ष्मी रिजालले अभिनय गरेका छन् ।

एल्वममा ‘एक्लो उदास जवानी’, ‘मै छोरीलाई गर्भमा नै...’, ‘बाँच्दै नबाँचे पनि...’, ‘मिसिएर दुइटा खोला...’ र ‘सामुन्नेमा उसलाई देख्दा...’ पाँच गीत समावेश छन् । शिशिर योगी, मनोज राज, निशा देशार, राज सागर, रीता केसी र साहिमा श्रेष्ठले स्वर दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप