नर्सिङ परिषद्को २३ औँ लाइसेन्स परीक्षामा ५२ प्रतिशत उत्तीर्ण
आइतबार, ०१ मङ्सिर २०७६, १३ : ०१
काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले कात्तिक ३० गते शनिबार लिएको लाइसन्स परीक्षामा ५२ प्रतिशत उत्तीर्ण भएका छन् ।
काउन्सिलले हिजो लिएको २३ औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको काउन्सिल अध्यक्ष गोमा निरौलाले बताइन् ।
परीक्षामा सहभागी एक हजार ६ सय ७१ विद्यार्थी मध्ये ८ सय ७१ पास भएका छन् । बाँकी ८ सय विद्यार्थी फेल भएका छन् ।
नर्सिङको प्रमाणपत्र (लाइसेन्स) परीक्षाको लागि काउन्सिलले वर्षमा ४ पटक परीक्षा लिदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक