शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अवार्ड शोमा चर्चित गायिका किन एकाएक भइन् टपलेस ?

आइतबार, ०१ मङ्सिर २०७६, १० : १७
आइतबार, ०१ मङ्सिर २०७६

चिलीकी गायिका मोन लाफर्ते ल्याटिन ग्रामी शोको क्रममा एकाएक टपलेस भएकी छिन् । यसो गरेर उनले सरकार विरोधी प्रदर्शनलाई समर्थन गरिरहेकी छिन् ।

लास वेगसमा जब ३६ वर्षकी गायिका एवं गीतकार मोन लाफर्ते रेड कार्पेट अवार्ड समारोहमा आएपछि उनले चिलीमा पुलिसको क्रुरताविरुद्ध आफ्नो समर्थन व्यक्त गरिन् ।

रेड कार्पेटमा हिँड्दै गर्द एक स्थानमा मोन उभिइन् र आफूले लगाएको कालो ज्याकेट खोलेर आफ्नो स्तनमा लेखिएका शब्द देखाइन्, ‘चिलीमा उनीहरुले बलात्कार, प्रताडना गर्नुका साथै मानिसहरु मारिरहेका छन् । चिलीमा मानिसहरु एक महिनाभन्दा बढी समयदेखि सरकारी उपेक्षा र आर्थिक भिन्नताविरुद्ध प्रदर्शन गरिरहेका छन् ।’

यी विरोध प्रदर्शनमा २० बढीको मृत्यु भइसकेको छ । यीमध्ये पाँचजनाको मृत्यु सुरक्षाबलको हातबाट भएको छ । सुरक्षाबलमाथि प्रताडना, बलात्कार र हिंसा भड्काएको गम्भीर आरोप छ ।

पुलिसले पेलेट गन प्रयोग गरेका कारण सयौंले आफ्नो आँखा गुमाएका छन् । हज्जारौंलाई पक्राउ पनि गरिएको छ । यद्यपि, पछि उनीहरुलाई रिहा गरियो ।

मोन लाफर्ते ल्याटिन ग्रामी अवार्डमा ‘बेस्ट अल्टर्नेटिभ एल्बम अवार्ड’ लिन आएकी थिइन् । उनले यो अवार्डलाई चिलीका जनतालाई समर्पित गरेकी छिन् । मोनले यो अवार्डसहित आफ्नो एक तस्बिर इन्स्टाग्राममा राखेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मेरो शरीर एक मुक्त मातृभूमिका लागि स्वतन्त्र छ ।’

यो तस्बिरमा मोन टपलेट छिन् र स्तनमा लेखिएको आफ्नो विरोध देखाइरहेकी छिन् ।

चिलीका कलाकार, खेलाडी र महिलाले सरकार विरोधी प्रदर्शनमा खुलेर मानिसहरुलाई साथ दिएका छन् । चिलीमा प्रदर्शनको सुरुवात मेट्रोका भाडा बढाएपछि भएको थियो तर पछि यो प्रदर्शन विभिन्न आधारभूत मुद्दाका लागि व्यापक भयो । प्रदर्शनकारीले तानाशाह अगस्ट पिनोचेटले जुन राजनीतिक र आर्थिक व्यवस्था स्थापित गरेका थिए त्यसलाई परिवर्तन गर्न पनि माग गरिरहेका छन् ।

चिलीका राष्ट्रिय टिमका फुटबल खेलाडीले अर्को हप्ता पेरुविरुद्ध खेल नखेल्ने निर्णय गरेका छन् । चिली फुटबल टिमका क्याप्टेन गेरी मेडलले भने, ‘हामी फुटबलर हौं तर सबैभन्दा पहिला त हामी जनता र नागरिक हौं । अहिले हाम्रो लागि फुटबल खेलभन्दा चिली महत्वपूर्ण छ ।’

अन्य थुप्रै खेलाडीले पनि प्रदर्शनकारीको समर्थन गरिरहेका छन् । चार्ल्स अरेन्गीजले भने, ‘अहिले निकै मुश्किल स्थिती छ र यी सबका बाबजुद हामी म्याच खेल्न चाहँदैनौं ।’

गत महिना मात्रै चिलीका राष्ट्रपति सेबेस्टियन पिन्येराले पूरा क्याबिनेटलाई निलम्बित गरेका थिए । राष्ट्रपति पिन्येराले नयाँ सरकार गठनको आदेश दिएका थिए ।

Photo: Getty image

राष्ट्रपतिले सामाजिक सुधार लागू गर्न पनि भनेका थिए जुन चिलीका प्रदर्शनकारीको पनि माग हो ।

राष्ट्रपतिले भनेका थिए, ‘मैले क्याबिनेटका सबै मन्त्रीलाई क्याबिनेट पुनर्गठन गर्न भनेको छु ।’

यद्यपि, अहिलेसम्म कस्तो प्रकारको परिवर्तन भयो त्यो भने स्पष्ट छैन ।

चिलीको राजधानी स्यान्टियागोमा १० लाख बढी मानिसहरु प्रदर्शनमा समावेश भएका थिए । उक्त प्रदर्शन सामाजिक न्यायका लागि भएको बताइएको थियो ।

उक्त प्रदर्शनपछि राष्ट्रपति पिन्येराले भनेका थिए, ‘मैले सडकमा उठिरहेको माग सुनेको छु । हामी नयाँ वास्तविकताको सम्मान गरिरहेका छौं । एक हप्ता अघि जुन चिली थियो अब त्योभन्दा भिन्न छ । ’

त्यतिबेला राष्ट्रपतिले चिलीका विभिन्न शहरमा लागू कर्फ्यू समाप्त गर्ने घोषणा गरेका छन् । उक्त कर्फ्यू एक हप्ताअघि लागू थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप