बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोकिराखेको ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईको मृत्यु

आइतबार, ०१ मङ्सिर २०७६, ०९ : ५४
आइतबार, ०१ मङ्सिर २०७६

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ ।
 
नम्बर नभएको (अनटेस्ट) पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।

 मोटरसाइकल ट्रकमा ठोक्किएपछि सख्त घाइते भएका दुवैलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइए पनि उपचारका क्रममा दुवैको मृत्यु भएको हो । मृतक दुवैको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप