केन्द्रीय संस्करण
फोटोफिचर

तिमीलाई देखेर हिमालै हाँसेको...

person explore access_timeमंसिर १, २०७६ chat_bubble_outline0

काठमाडौँ । गत शुक्रबार बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिद चन्द्रागिरीको डाँडा पुगेर काठमाडौँको दृश्यावलोकन गर्ने पूर्वनिर्धारित कार्यसूची थियो । त्यही तस्विरलाई कैद गर्न हामी हस्याङपस्याङ गर्दै चन्द्रागिरी हिल्सद्वारा  सञ्चालित केबलकार चढेर डाँडासम्म पुग्यौँ । तर, डाँडासम्म पुगेका मात्र के थियौँ, खबर आयो – आज राष्ट्रपति नआउने भए । पोखराको घुमाइबाट थकित बनेका उनी होटलमा नै आराम गर्ने भए ।

झन् हतारहतार गरेर त्यहाँसम्म पुगेको, कामै नबन्ने भयो भनेर हामी निरास थियौँ । तर, त्यो निराशा केही बेर पनि टिक्न सकेन । त्यहाँबाट काठमाडौँतिर फकेर के नियालेका थियौँ, त्यहाँको दृश्य देखेर मनै फुरुङ्ग भइहाल्यो ।

चारैतिर सेताम्मे हिमाल, तल काठमाडौँ उपत्यका । त्यो दृश्य देखेर मन नलोभिने बिरलै होलान् । लाग्दथ्यो, ती हिमाल सेता दाँतका पंक्ति हुन् र तपाईंलाई नै हेरेर मुस्कुराइ रहेका छन् । राष्ट्रपति हामिदको त तस्विर कैद गर्न पाइएन, तर हिमालको दृश्य भने कैद गर्न पाइने भयो भनेर म चाहिँ मनमनै दङ्ग थिएँ ।

हेरौँ केही तस्विरहरु :

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...