शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्बौं सरकारी जग्गा भूमाफियाको कब्जामा, १४४ बिघा शृंखलाबद्ध रुपमा व्यक्तिको नाममा

आइतबार, ०१ मङ्सिर २०७६, ०६ : २६
आइतबार, ०१ मङ्सिर २०७६

भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा बर्दिया सोरहवामा रहेको अर्बौं बराबरको झन्डै १ सय ४४ बिघा सार्वजनिक जग्गा शृंखलाबद्ध रुपमा व्यक्तिका नाममा दर्ता गराइएको खुलासा भएको छ ।

माफियाहरुले बर्दिया जिल्ला साविकको सोरहवा गाविस–८ मा रहेको कित्ता नम्बर ४४२ अन्तर्गत रहेको १४३ बिघा ९ कट्ठा पर्ती जग्गा वर्षौंसम्म योजनाबद्ध प्रयासबाट कित्ताकाट गरी विभिन्न व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो ।

बाँके साविक इन्द्रपुर गाविस ८ बस्ने गयाप्रसाद कुर्मी, उनका छोरा बर्दिया सोरहा–८ का सावितराम कुर्मी तथा मालपोत अधिकृतहरु मुक्तिबहादुर स्वाँर, शंकरप्रसाद भेटुवाल, नायब सुब्बा प्रकाशचन्द्र बुढाथोकी र खरिदार धु्रवप्रसाद भण्डारीको मिलेमतोमा यो काम भएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप