शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्म सत्यको नजिक पुग्नुपर्छ : शताब्दी पुरुष जोशी

शनिबार, ३० कात्तिक २०७६, २२ : ५६
शनिबार, ३० कात्तिक २०७६

काठमाडौं । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले व्यक्तिद्वारा गरिने कर्म सत्यको नजिक पुग्न सके मात्र मानवजीवन सफल हुने बताएका छन् ।

दायित्व वाङ्मय प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा उनले देश र समाजको हितका लागि गरिने कर्म वुद्धिजीवीको माथिल्लो कर्म हो भन्दै विज्ञानका साथै आध्यात्म पनि मानवजीवनका लागि आवश्यक भएको बताए । जोशीले नेपाल विद्युत् प्राधिकरणमा उचित कर्म गर्ने व्यक्तिको नेतृत्व रहेकाले देश अन्धकारबाट उन्मुक्ति हुनुका साथै रु सात अर्ब राजश्व थपेकोमा कुलमान घिसिङको प्रशंसा गरे ।

उनले देशका हरेक क्षेत्रमा विकृति, विसङ्गति तथा भ्रष्टाचार व्याप्त रहेको बताउँदै विभिन्न मुलुकको सहयोगमा स्थापित उद्योगधन्धा बन्द भएकामा दुखः व्यक्त गरे । जोशीले मेलम्ची खानेपानी १७ वर्षपछि पनि पूरा नभएकोमा असन्तुष्टि व्यक्त गरे ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले देश र जनताको सेवा गर्ने उद्देश्यका साथ प्राधिकरणको नेतृत्व सम्हालेको उल्लेख गर्दै आफ्नो कार्यकालमा देशबाट विद्युत्भार मुक्त गर्न सफल भएको र यस अवधिमा रु सात अर्ब राजश्व थप्न सफल भएको बताए ।

समीक्षक रामप्रसाद ज्ञवाली र लेखप्रसाद निरौलाले पुस्तकको समीक्षा गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि जोशीले डा नम्रता पाण्डे र प्रद्युम्न पाण्डेले लेख्नुभएको रहस्य जीवनप्रेम र उर्जा नामक पुस्तकको विमोचन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप