शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नौलो संगमलाई सयपत्रीको उपाधि

शनिबार, ३० कात्तिक २०७६, २० : २६
शनिबार, ३० कात्तिक २०७६

बुटवल । रुपन्देहीमा सम्पन्न स्वः ज्ञान बहादुर गुरुङको स्मृतिमा आयोजित चौथो सयपत्री नकआउट फुटवल प्रतियोगिताको उपाधि सुनौलो संगम युवा क्लबले जितेको छ ।

शनिबार भएको फाइनलमा खेलमा फर्साटिकर युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सुनौलो संगमले उपाधि चुमेको हो । उपाधिसँगै सुनौलो संगम नगद २ लाख २ हजार २ सय २२ रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

उपविजेतामा चित्त बुझाएको फर्साटिकर नगद १ लाख १ हजार १ सय ११ रुपैया कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

रामनगर खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सुनौलो जितमा फर्साटिकरका आकाश रानाले गरेको आत्मघाती ग‍ोल नै निर्णायक बन्यो ।

सुनौलो संगमको मोहन थापाको क्रसलाई फर्साटिकरका डिफेन्स आकाश रानाले बचाउने क्रममा गोल भएको थियो । खेलमा फर्साटिकरका सुरज हमाल म्यान अफ द म्याचबाट पुरस्कृत भए । 

प्रतियोगितामा सुनौलो संगमका मोहन थापा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार र कपबाट पुरस्कृत भए । 

यसैगरि सुनौलोका कान्छा गुरुङ उत्कृष्ट अग्रपंक्ति खेलाडी, युगल थापा उत्कृष्ट गोलकिपर, आशिष गुरुङ उत्कृष्ट रक्षक, फर्साटिकरका ध्रुव राई उत्कृष्ट मध्यपंक्तिका रक्षक बन्दै नगद ५–५ हजार रुपैयाँसहित कपबाट पुरस्कृत भए ।

कात्तिक १९ गतेबाट शुरु भएको प्रतियोगितामा नवलपरासी, नवलपुर, चितवन, पाल्पा, कपिलबस्तु र रुपन्देहीका १२ टिमहरुले भाग लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप