लोकतन्त्रलाई बचाउन उपनिर्वाचनमा काङ्ग्रेसलाई मतदान : नेता पौडेल
पाँचथर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाएका छन् । काङ्ग्रेसले पाँचथरको फाल्गुनन्द–१ स्थित नवमीडाँडा शनिबार आयोजना गरेकोे आमसभालाई सम्बोधन गर्दै उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् ।
“कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ,’ वरिष्ठ नेता पौडेलले भने, “कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो।” पौडेलले अब मङ्सिर १४ गते हुने उपनिर्वाचनमा लोकतन्त्रलाई बचाउन पनि काङ्ग्रेसलाई विजय गराउन आम मतदातालाई आग्रह गरे ।
उनले अहिले फाल्गुनन्दमा हुने उपनिर्वाचनमा नेकपाका मन्त्री तथा सांसदहरुले नै आचारसंहिता उल्लङ्घन गर्ने किसिमका कार्यक्रम गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
नेपाली काङ्ग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले अब हुन लागेको उपनिर्वाचनमा उम्मेदवारलाई विजयी गराउन पार्टीका सबै तहका नेता कार्यकर्तालाई कटिबद्ध भएर लाग्न आग्रह गरे ।
पार्टीका नेता धनराज गुरुङ, रामहरि खतिवडा, बद्री पाण्डे, गुरुराज घिमिरेलगायतका नेताहरुले लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनका लागि काङ्ग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा