बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समाजवादी पार्टी सरकार छाड्ने–नछाड्ने गोलचक्करमा

शनिबार, ३० कात्तिक २०७६, १७ : ४३
शनिबार, ३० कात्तिक २०७६

काठमाडौं – समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक शुक्रबारबाट शुरु भएको छ । विहीबार पार्टीको संघीय परिषद्को बैठक सकाएर शुक्रबारदेखि केन्द्रीय समितिको बैठक शुरु भएको हो ।

उक्त बैठक आज सकिँदै छ । संघीय सरकारबाट बाहिरिने नबाहिरिने विषयमा निर्णय लिन बसिरहेको केन्द्रीय समितिको बैठकप्रति सबैको ध्यान रहेको छ । सरकार छाड्ने विषयमा पार्टीभित्र र बाहिर दवाव रहेको कारणले त्यसको निर्णय गराउन केन्द्रीय समितिको बैठक बोलाएको हो ।

झण्डै चारसयको संख्यामा रहेको केन्द्रीय समितिमा सरकार छाड्ने नछाड्ने  विषय मुख्य एजेण्डा बनेको छ । पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले सरकार छाड्ने नछाड्ने विषयमा केन्द्रीय समितिमा छलफल हुने बताए । शुक्रबारबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने बताउँदै उनले बैठकबाट जे निर्णय हुन्छ त्यही आधारमा पार्टी अगाडि बढ्ने बताए । 

समाजवादी पार्टी संघीय परिषद्को बैठकमा अध्यक्ष डा.बाबुराम भट्टराईल सो विषयमा प्रस्ताव पेश गरेका थिए । तर परिषद बैठकले सरकार छाड्ने नछाड्ने विषयको निर्णय गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको छ । 

दुई बुँदै सम्झौता गरेर सरकारमा सहभागी भएको समाजवादी पार्टीले सत्ताधारी दलले त्यसको कार्यान्वयन नगरेको गुनासो गरेको छ । दुई बुँदे सम्झौतामा मुख्य बुँदा सविधान संशोधन रहेको छ । त्यसमा सरकारले कुनै चासो नलिएको पाइयो । त्यसको लागि सत्ताधारी दलसँग अन्तिम पटक कुरा गर्ने वा अहिले नै सरकारबाट बाहिरिनेभन्ने विषयमा छलफल हुने छ,’ समाजवादी पार्टीका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले भने ।

 उनले पार्टी समाजवादी पार्टीले सरकारबाट बाहिरिने हतार नगर्ने पनि बताए । ‘समाजवादी पार्टीले सरकारबाट बाहिरिने हतार गर्यो भने सविधान संशोधन कहिल्यै पनि हुँदैन होला,’ यादवले भने, ‘समाजवादी पार्टी सरकारबाट बाहिरिने वित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीले सविधान संशोधन गर्न चाहेका थियौं तर समाजवादी पार्टी सरकारबाट बाहिरिएर दुई तिहाईको बहुमत भत्काएको छ । त्यसैले सविधान संशोधन नभएको भन्नुहुन्छ । त्यसैले समाजवादी पार्टी सरकारबाट बाहिरिनका लागि हतार गर्नेछैन ।’

विहीबार बसेको परिषद्का बैठकमा पनि मधेशभन्दा पहाडका नेताहरुले सरकारको आलोचना गर्दै सरकार छोड्नु पर्नेमा जोड दिएका थिए । तर मधेशका अधिकांश नेताले सरकारबाट तत्काल निस्कन नहुने धारणा राखेका थिए । संघीय सरकारबाट बाहिरिने वित्तिकै प्रदेश सरकारमा समेत असर पुग्ने समाजवादी पार्टीका नेताहरुको विश्लेषण रहेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार समाजवादी पार्टी सरकारबाट बाहिरिने वित्तिकै प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सरकारमा भित्र्याउँने छन् र राजपा नेपाल संघीय सरकारमा सहभागी भएपछि त्यसको प्रभाव प्रदेश २ मा पनि पर्न सक्छ । 

प्रदेश २ मा समाजवादी पार्टी र राजपा नेपाल मिलेर सरकार बनाएको छ । समाजवादी पार्टी संघीय सरकारमा सहभागी भएपछि नेकपाले प्रदेशको सरकार हेरफेरको शर्त राख्न सक्ने सम्भावना रहेको समाजवादी पार्टीका एक नेताले बताए ।

पार्टी एकीकरणका लागि राजपा नेपालले सरकार छाड्न समाजवादी पार्टीलाई पहिलो शर्त राखेको छ ।सरकार नछाडेसम्म एकीकरण नहुने राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले पटक पटक बताउँदै आएका छन् । उनले यहाँसम्म भनेका छन्, ‘कात्तिक ३० गते समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गर्दैछ र मंसिरको पहिलो हप्ता दुई पार्टीबीच एकीकरण हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप