शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा विवादबारे काँग्रेसले भ्रम छर्यो : देवेन्द्र पौडेल

शनिबार, ३० कात्तिक २०७६, १६ : १६
शनिबार, ३० कात्तिक २०७६

बुटवल । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेपाल–भारत सीमा विवादबारे काँग्रेसलाई  भ्रम छरेको आरोप लगाएका छन् । पौडेलले देशको सार्वभौमिकता र सीमाको सन्दर्भमा विगमा काँग्रेस नेताहरुको  भूमिकालाई हेर्न काँग्रेस कार्यकर्तालाई आग्रह गर्दै नेकपाप्रति भ्रम नफैलाउन चेतावनी दिए ।

सरकारले कुटनैतिक माध्यमबाट सबै समस्या समाधान गर्ने उनले बताए । त्यस्तै नेता पौडलले मध्ये पहाडी लोकमार्ग अन्तरगत बाग्लु घोडाबाँधे क्षेत्रको सडकमा काम गर्ने ठेकेदारले समयमा गर्न नसकेको भन्दै  सरकारले कारबाही गर्ने तयारी गरिरहेको  बताए ।

मध्य पहाडी लोकमार्ग अन्तरगत वागलुङ खण्डको अन्य सडक स्तरोन्नतीसहित कालोपत्र हुँदा पनि सदरमुकाम जोडिएको २५ किलोमिटर सडकमा पूर्ण काम हुन सकेको छैन। वाम गठवन्धनले बडिगाड गाउँपालिका –२ दनियाँमा गरेको चियापान कार्यक्रममा उनले वर्तमान सरकारले दर्जन बढी कामको फेहरिस्त सुनाए । 

सोही कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश व्युरो प्रमुख राजेन्द्र ढुंगानाले कम्युनिष्ट सरकारले सकारात्मक परिवर्तनका कामहरु गरिरहेको बताए । जिल्ला समन्वय समिति बागलुङको प्रमुख समेत रहेका  ढुंगानाले जिल्लाको समग्र विकासको लागि कम्युनिष्ट सरकार लागि रहेको दावी गरे । 

अबको चुनावमा जिल्लाका बाग्लुङ नै कम्युनिष्टमय हुने भन्दै कार्यकर्ताहरुलाई चुनावमा होमिन उनले आग्रह गरे । कार्यक्रममा प्रदेश सांसद चन्द्रबहादुर बुढा सागरले प्रदेश सरकार जनताको समृद्धिको लागि दीर्घकालीन योजनाको साथ लागेको बताए ।

बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सबै नागरिकलाई उत्पादनमा जोड्ने गरी योजना बनाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप