शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ केन्द्रमा औषधी अभाव

शनिबार, ३० कात्तिक २०७६, १४ : ५८
शनिबार, ३० कात्तिक २०७६

रौतहट । रौतहटको गरुडा नगरपालिकाको एक स्वास्थ्य केन्द्रमा उपचार गराउन जाने बिरामी निरास भएर फर्कन बाध्य भएका छन् । 

गरुडा नगरपालिका २ गेडहीगुठी स्थित स्वास्थ्य केन्द्रमा सिटामोल र जिवनजल समेत नरहेको हुँदा उपचार गराउन जाने बिरामीहरु निराश भएर फर्किन बाध्य भएका हुन् । 

नगरपालिकाका स्वास्थ्य संयोजक तथा प्रशासनको लापरवाहीका कारण कार्तिक महिनाभरी उक्त स्वास्थ केन्द्र औषधीबिहिन भएको        स्थानीय समाजसेवी एवम् उखु उत्पादक किसान संघ रौतहटका  सचिव मनोज कुमार सहनीले बताए । 

स्वास्थ केन्द्रका प्रमुख सिएमए रामपुकार यादवले कार्तिक महिनाको सुरुमा औषधीको त्रैमासिक प्रतिवेदन नगरपालिकामा पठाएको थिए ।

सो पश्चात पटक पटक तगेदा गर्दा पनि गरुडा नगरपालिकाले हालसम्म औषधी नपठाएको प्रमुख यादवले बताए । 

गरुडा नगरपालिकाका प्रशासकीय अधिकृत टेकराज पन्थीले गेडहीगुठी स्वास्थ केन्द्रको लागी औषधीको मागफारम हालसम्म नआएको बताउदै वास्तविक अवस्था बुझन आफू आइतवार अनुगमनमा जाने प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप