शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा कलाकारको दौड

शनिबार, ३० कात्तिक २०७६, १४ : ५१
शनिबार, ३० कात्तिक २०७६

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ र क्रान्ति साँस्कृतिक केन्द्रको संयुक्त आयोजनामा शनिबार राजधानीमा एक दौड प्रतियोगिता सम्पन्न गरिएको छ । 

वातावारणीय स्वच्छता तथा भ्रमण वर्ष–२०२० को पूर्व सन्ध्यामा चलचित्र कलाकार, मोडल, र गायकगायिका बीच ३ किलोमिटर ‘सेलिब्रेटी रनिङ प्रतियोगिता’ गरिएको हो । 

प्रहरी तालिम केन्द्र महाराजगञ्ज आगाडिबाट सुरु भइ लाजिम्पाट पुगेर पुनः सोही स्थानमा पुगेर समापन दौड प्रतियोगिता सम्पन्न भएको थियो । 

पूर्वमन्त्री तथा नेकपा प्रभावशाली नेता जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न दौड कार्यक्रममा चलचित्र कलाकार, मोडल र गायक गायिकाको उल्लेख्य सहभागिता रहेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप