शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले हङकङलाई दियो दुई सय १८ रनको लक्ष्य

शनिबार, ३० कात्तिक २०७६, १२ : ४६
शनिबार, ३० कात्तिक २०७६

काठमाडौं । एसीसी इमर्जिङ टिम्स कपमा नेपालले हङकङलाई दुई सय १८ रनको लक्ष्य दिएको छ । बंगलादेशमा जारी प्रतियोगितामा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रन बनाएको छ ।

नेपालका लागि अनुभवी खेलाडी शरद भेषवाकरले उत्कृष्ट पारी खेले ।  शरदले ८९ रन बनाए । उनले एक सय ३९ बलमा नौ चौका प्रहार गरेका थिए । खराव सुरुवात गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा नै पेभेलियन फर्किएका थिए । लगत्यै कुशल भुर्तेल एक रनमा आउट भए । त्यसपछि शरद भेषवाकर र दिपेन्द्रसिंह ऐरीले दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे । ऐरीले ३७ रन बनाए ।

आरिफ शेखले ४२ रन बनाए । विनोद भण्डारीले १५ रन बनाए । करण केसी सात र सुसान भारी ६ रनमा आउट भएका थिए । हङकङका एजाज खानले तीन विकेट लिए । नसरुल्ला खान र एहसान खानले दुई दुई विकेट लिए । अफताब हुसेन र रौनक कपुरको एक एक विकेट लिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप