बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सचिन तेन्दुल्करले नेपाल आएर खेले क्रिकेट, २१ तस्बिरमा हेर्नुहोस्

शनिबार, ३० कात्तिक २०७६, १२ : ३०
शनिबार, ३० कात्तिक २०७६

काठमाडौँ । विश्व क्रिकेटकै महान खेलाडी भारतीय सचिन तेन्दुल्करले शनिबार दिउँसो टियु मैदान कीर्तिपुरमा क्रिकेट खेलेका छन् । सचिन र नेपालका पूर्व कप्तान एवं प्रशिक्षक विनोद दासको टोलीले आठ ओभरको मैत्रीपूर्ण सद्भावना क्रिकेट खेल खेलेको हो ।

यूनिसेफका सद्भावनादूत रहेका सचिन र विनोदको टोलीमा बालबालिकाले खेलेका थिए । संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पूरा भएको अवसरमा यूनिसेफले नेपालमा मैत्रीपूर्ण क्रिकेट आयोजना गरेको हो ।

बालअधिकार सम्बन्धि जनचेतना फैलाउने उद्येश्यले आयोजित प्रतियोगितामा सचिनको टोली नौ विकेटले विजयी भयो । टस हारेर पहिले ब्याटिङ गरेको विनोद दासको टोलीले निर्धारित आठ ओभरमा चार विकेटको क्षतिमा ४४ रन बनाएको थियो ।

४५ रनको विजयी लक्ष्य पछ्याएको सचिनको टोलीले ६ ओभरमा एक विकेटको क्षतिमा विजय लक्ष्य पूरा गरेको थियो । सचिनले मैदानमा ब्याटिङ, बलिङ र विकेटकिपरको तीनवटै भूमिका निभाएर समर्थकलाई मनोरञ्जन दिए । सचिनले सात रन बनाएका अन्य खेलाडीलाई मौका दिएका थिए । अन्तिम बलमा चौका हानेर सचिन बाहिरिए । नेपालका विनोद दासले एक विकेट लिए ।

शुक्रबार राति साढे ९ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका सचिन काठमाडौंको बत्तिसपुतली स्थित होटल द्वारिकामा बास बसेका थिए । सचिन नेपाल ओर्लिए लगत्यै उनको सुरक्षा ब्यवस्था कडा पारिएको थियो । टियु मैदान परिसरमा पनि सचिनको सुरक्षार्थ बाक्लो संख्याका सुरक्षा तैनाथ गरिएको थियो । क्रिकेट सर्मथक र अन्य ब्यक्तिलाई बिहान नौ बजेसम्म मैदानमा पुगिसक्नुपर्ने ब्यवस्था गरिएको थियो ।

टियु मैदामा सचिनलाई पूर्व कप्तान विनोद दास लगायतले स्वागत गरेका थिए । खेलपनि विनोदले विश्व क्रिकेटमा महान हस्तीसँग घरेलु मैदानमा खेल्न पाउखु अविस्मरणीय क्षण भएको बताए । ‘सचिन क्रिकेट शब्दको समानार्थी हुन् । यस्तो ब्यक्तिको नेपाल आगमनले नेपालको क्रिकेटलाई बलियो उर्जा दिएको छ,’ विनोद दासले भने । सचिन शनिबार धुलिखेलमा बास बसेर आइतबार भारत फर्कने छन् ।

फोटोहरु : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप