बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज कीर्तिपुर क्रिकेट मैदानमा सचिन तेन्दुलकर टिम र विनोद दासको टिम भिड्दै

शनिबार, ३० कात्तिक २०७६, ०७ : २६
शनिबार, ३० कात्तिक २०७६

शुक्रबार साँझ नेपाल आएको भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज कीर्तिपुर क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट खेल्दै छन् । 

युनिसेफको आयोजनामा हुन गइरहेको उक्त खेलमा एउटा टिमको कप्तानी सचिनले गर्नेछन् भने अर्को टिमको कप्तानी विनोद दासले गर्नेछन् । 

बाल अधिकारको पक्षमा सन्देश दिन १०÷१० ओभरको क्रिकेट खेल आयोजना गरिएको हो । दुवै टिममा युनिसेफले छनौट गरेका बालबालिका रहनेछन् । 

तेन्दुलकर बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसंघीय बाल कोष९युनिसेफ०का निमन्त्रणमा बालकालिकासँग क्रिकेट खेल्न नेपाल आएका हुन् । 

बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा तेन्दुलकरलाई युनिसेफले नेपाल ल्याएको हो । 

युनिसेफका सद्भावना दूत तेन्दुलकरले बालअधिकारका पक्षमा आज ब्याटिङ गर्नेछन् । नेपाल भ्रमण गर्ने हाई प्रोफाइल क्रिकेटरमा महेन्द्र सिंह धोनी, कपिल देव, सुनिल कवास्कर र दक्षिण अफ्रिकी खेलाडी जोन्टी रोड्सलगातका विश्व चर्चित खेलाडी रहेका छन् । भारतीय राष्ट्रिय टोलीका कप्तान हुुँदा सन् २०१४ मा धोनीले नेपाल भ्रमण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप