शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी पहिरोपीडितलाई राहत पु¥याउन सरकार केन्द्रित छ : प्रम

शुक्रबार, ०२ भदौ २०७४, १४ : २६
शुक्रबार, ०२ भदौ २०७४

 

काठमाडौँ -प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले रु १५ लाख १ हजार १११ प्रदान गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरी सो रकम हस्तान्तरण गर्नुभएको हो । 

सो अवसरमा प्रधानमन्त्री देउवाले बाढी पहिरोपीडितलाई छिटोभन्दा छिटो राहत पु¥याउन सरकारले प्राथमिकताका साथ आफ्ना संयन्त्र परिचालन गरिरहेको बताउँदै यस कार्यलाई सहयोग पु¥याउन आह्वान गर्नुभयो । 

सो अवसरमा महासङ्घका अध्यक्ष रानाभाटले बाढी पहिरोपीडितलाई खाद्यान्नलगायतका सहयोग जारी राख्ने बताउनुभएको महासङ्घले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप