प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा थापा
शुक्रबार, २९ कात्तिक २०७६, २१ : ५३
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा.कुन्दन अर्यालले दिनुभएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो ।
नेता थापाले यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी कुशलतापर्वक निर्वाह गरेका थिए । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुन् । थापाका विभिन्न पुस्तकसमेत प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा