सुख दुःखमा साथ दिन्छु : उम्मेदवार पौडेल
पोखरा । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले जनताका सुख दुःखमा साथ दिने भन्दै अहोरात्र आफू जनताका काममा लागिपर्ने बताएका छन् ।
पोखरा महानगरपालिका–२० भलाममा शुक्रबार आयोजित घरदैलो कार्यक्रममा उनले जनताले उठाएका हरेक समस्याको समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
उम्मेदवार पौडेलले बिहीबारदेखि पोखरा २० को साविक भलाम गाउँविकास समिति वडा नं १ बाट शुरु गर्नुभएको दुईदिने घरदैलो अभियान डाँडाखोर हुँदै आज मौजा, आँटीघर लगायतका क्षेत्रमा पुगेर सकिएको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।
उम्मेदवार पौडेलले आज मौजा आँटीघरमा पुगी १०६ वर्षीय आईतश्री दमिनीबाट आशिर्वाद लिएका छन् । अहिलेसम्म विभिन्न समय गरी ११ पटक मतदान गरिसकेको बताउँदै आईतश्रीले मत माग्न आउने उम्मेदवार जितेर गए पछि कोही पनि नफर्केको गुनासो गरे ।
वडाको घरदैलो अभियान समापन कार्यक्रममा राष्ट्रियसभा सदस्य विन्दादेवी रानाले वर्तमान सरकारलाई सही बाटोमा हिँडाउन पनि काङ्ग्रेसले जित्नुपर्ने बताइन् ।
उनले संविधानको मर्म र भावनाअनुसार सरकार चल्न नसकेको उल्लेख गरे । प्रदेशसभा सदस्य एवं प्रचार समितिका संयोजक विन्दुकुमार थापाले घरदैलोमा वर्तमान सरकारबाट जनता निराश भएको दावी गर्दै काङ्ग्रेसलाई जिताउन आग्रह गरिन् ।
शनिबार पोखरा–११ वडा तथा आइतबार र सोमबार पोखरा ३३ भरतपोखरीमा घरदैलो गरिने चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण