शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की – २ का उम्मेदवारहरुको एउटै स्वर : भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता

शुक्रबार, २९ कात्तिक २०७६, २० : १५
शुक्रबार, २९ कात्तिक २०७६

पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवारले भ्रष्टाचारका विरुद्ध आफूहरुको शून्य सहनशीलता रहने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पत्रकार महासङ्घको आयोजना गरेको ‘प्रतिनिधिसभा उपनिर्वाचन उम्मेदवार संवाद’ कार्यक्रममा प्रमुख चार दल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, समाजवादी र साझा पार्टीका उम्मेदवारले विधि, कानूनको पालना गर्ने र भ्रष्टाचारबाट टाढा रहने भनाइ राखेका हुन् ।

नेकपा उम्मेदवार विद्या भट्टराईले गलत आचरण र व्यवहार भ्रष्टाचार र आफ्नो जीवन खुला किताब जस्तै रहेको बताउँदै कानून  बाहेकका व्यवहार नगर्ने स्पष्ट पारिन् । विगतको पृष्ठभूमि र आजको परिस्थतिका कारणले आफू निर्वाचनमा होमिएको बताउँदै उहाँले लोकतन्त्रलाई मजबुत बनाउँदै जनताप्रति उत्तरदायी बन्दै जाने बताइन् । 

काङ्ग्रेस उम्मेदवार खेमराज पौडेलले आत्म विकास र स्वार्थमा पदको प्रयोग गर्नु भ्रष्टाचार भएको चर्चा गर्दै राजनीतिक व्यक्ति भ्रष्टाचारबाट मुक्त हुँदा मात्र प्रशासनलगायतका अन्य क्षेत्रको अनियमितता रोकिने बताए । 

पौडेलले राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि आफू उम्मेदवार बनेको चर्चा गर्दै जनताको राजनीतिप्रतिको वितृष्णा हटाउन र जनतामा गरेको प्रतिबद्धता पूरा गर्नु आफ्नो प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे । 

समावादीका उम्मेदवार धर्मराज गुरुङले विसं २०४७ यता सार्वजनिक पदमा बसेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

आफू कहिल्यै पनि कसैको प्रलोभनमा नपरी जनताको सेवामा लाग्ने भनाइ उनको थियो । साझाका उम्मेदवार रजनी केसीले नीतिगत भ्रष्टाचार रोक्नुपर्नेमा जोड दिँदै भ्रष्टाचारले सुशासनलाई अवरोध गरेको भनाइ राखिन्।

महासङ्घका महासचिव रमेश विष्टले निर्वाचनमा होमिएका उम्मेदवारका प्रतिबद्धतालाई एकै थलोबाट जनतामा पु¥याउने उद्देश्यसहित पहिलो पटक कार्यक्रम आयोजना गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप