भारतसँगको सीमा विवाद समाधान गर्न तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँगको सीमा विवाद समाधान गर्न तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्ने बताएका छन् । प्रवक्ता श्रेष्ठले लिम्पियाधुरा, कालापानीलगायतका नेपाली भूमि भारतले अतिक्रमण गरेको उल्लेख गर्दै यो समस्याको समाधान गर्न उच्चस्तरीय राजनीतिक कूटनीतिक संवादको विकल्प नरहेको आफ्नो पार्टीको निष्कर्ष रहेको पनि स्पष्ट पारे ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतसँगको सीमा समस्या समाधान गर्न वर्तमान सरकार सफल हुने दावी गरे । ‘केपी ओली नेतृत्वको अघिल्लो सरकारले भारतबाट हुने नाकाबन्दीको अन्त्य गरेर भारतलाई झुकाउन सफल भएको थियो, प्रवक्ता श्रेष्ठले भने, ‘अब दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न पनि वर्तमान सरकारबाट सम्भव छ ।’ त्यसका लागि सरकारलाई सबै राजनीतिक दलहरुको सहमति र जनताको समेत साथ र सहयोग रहेको पनि प्रवक्ता श्रेष्ठको भनाई छ ।
कार्यक्रममा बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि नागरिक अगुवाहरुलाई निरन्तर सरकारलाई दवाव दिन पनि आग्रह गरे । उनले जनताको सचेत दवावले सरकारलाई सो समस्या समाधान गर्न सघाउ पु¥याउने पनि स्पष्ट पारे ।
परराष्ट्रविद श्रेष्ठले भारतसँगको सीमा समस्या समाधान गर्ने उपयुक्त अवसर आएकाले त्यसको सदुपयोग हुने गरी उच्चस्तरीय राजनीतिक कूटनीतिक पहलकदमी लिन सरकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि