शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुन्डा नाइके ‘बाघे’ सहित २३ जना रिहा भएलगत्तै पुन: पक्राउ

शुक्रबार, २९ कात्तिक २०७६, १९ : ००
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ठगीको आरोपमा पक्राउ परेका गुन्डा सुकबहादुर लामा  (बाघे)सहित २३ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले शुक्रबार ३६ लाख रुपैयाँ धरौटीसहति उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । जसमा बाघेसँग पाँच लाख र अन्य २२ जनासँग कूल २१ लाख धरौटि माग गरेको थियो । 

२३ जना धरौटि बुझाएलगत्तै  उनीहरु पुन : पक्राउ परेका छन् । शम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि उनीहरुविरुद्ध अनुसन्धान गर्ने भएकाले प्रहरीले पुनः उनीहरुलाई नियन्त्रणमा लिएको  बुझिएको छ । 

बालुवा बिक्रीमा ठगी अभियोगमा यही कात्तिक १ गते बाघेसहित दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई स्वयम्भू, महाराजगन्ज र बालाजुबाट महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप