प्रभु बैंकले जारी गरेको डिवेञ्चर समय अगावै विक्री, छिटै बाँडफाँड हुने
काठमाडौं– प्रभु बैंकले एक हजार अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको एक अर्ब बराबरको “१०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्र कार्तिक २१ देखि सार्वजनिक निष्काशन भएकोमा आज कार्तिक २९ गते बाँडफाँड गरेको छ ।
न्यनुतम २५ कित्ता र अधिकतम् चार लाख कित्तासम्मको लागि आवेदन गर्न पाउने प्रभु बैंकको ऋणपत्रलाई आईसीआरए नेपालले न्यून कर्जा जोखिम ‘आईसीआरए नेपाल एलबीबीबी’ रेटिङ प्रदान गरेको थियो ।
प्रभु बैंकले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कानको माध्यमबाट तथा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत÷व्यक्तिहरुलाई विक्रीका लागि छिटोमा कार्तिक २५ र ढिलोमा मंसिर २० मा बन्द हुने गरी कार्तिक २१ देखि सार्वजनिक निष्काशन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा