शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली सुनसहित २ जना पक्राउ

शुक्रबार, २९ कात्तिक २०७६, १४ : ४९
शुक्रबार, २९ कात्तिक २०७६

हेटौडा  । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चेक जाँचको क्रममा भैसेबाट हेटौडातर्फ आइरहेको मोटरसाइकल रोकी चेकजाच गर्दा नक्कली सुन फेला पारेको  हो ।

पक्राउ पर्नेहरुमा दोलखा जिरी नगरपालिका–३ बस्ने ४७ वर्षीय ध्यालसिंह शेर्पा र सोहि मोटरसाइकलमा पछाीड बस्ने मकवानपुर राक्सिराङ्ग गाउँपालिका–४ बस्ने अभय कुमार थिङ्ग रहेका छन् ।

चालक ध्याल सिंह शेर्पाको साथबाट SUISSE 1 kilo fine gold 999.9co2266650 लेखिएको सुनजस्तो पहेलो रङ्गको चारपाटे नक्कली सुन फेला परेको थियो ।

प्रहरीले यसअघि पनि हेटौडाका विभिन्न स्थानहरुमा    नक्कली सुन देखाइ ठगी गर्ने घटनामा पनि  उनीहरुको संलग्नता हुनसक्ने आशंका गरेको छ । 

नक्कली सुन र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए ।

यसैगरी प्रहरी उपरिक्षक सिंहले दुईवटा नक्कली लाइसेन्स सहित मकवानपुर आमभन्ज्याङ बस्ने अटो चालक शिव सञ्जेललाइ नियन्त्रणमा लिई किर्ते मुद्दामा अनुसन्धान भैरहेको जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप