चेक कीर्ते आरोपमा प्रहरी जवान पक्राउ
जलेश्वर– जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
प्रहरी जवान द्विवेदीले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंक जलेश्वर शाखामा आफ्नै नामको तीन हजारको एउटा र चार हजारको अर्को चेक गरी जम्मा रु सात हजारको चेक बैंकमा माथिल्लो कोठाबाट सदर गरी पुनः रु तीन हजारका स्थानमा रु ३० हजार र रु चार हजारको स्थानमा रु ४० हजार लेखेर सो बैंकबाट रु सात हजारको ठाउँमा रु ७० हजार झिकेको बैंकका प्रबन्धक शिवशंकर यादवले बताए ।
बैंकमा बिहीबार बेलुका हिसाब मिलान गर्दा हिसाब नमिलेपछि सबै चेकलाई जाँचबुझ गर्दै जाँदा प्रहरी जवान द्विवेदीले आफ्नै दुवै चेकमा केरमेट गरेको भेटिएपछि बैंक प्रबन्धक यादवले राति नै महोत्तरीका प्रहरी उपरीक्षक अधिकारीलाई सो कुराको जानकारी गराएपछि प्रज द्विवेदीलाई प्रहरी कार्यालयमा पक्राउ गरी राखिएको हो ।
प्रहरी उपरीक्षक अधिकारीले कीर्ते र ठगी गर्ने व्यक्ति प्रहरी हुनलायक नरहेको बताउनुहुँदै प्रहरी जवान द्विवेदीलाई कारवाहीस्वरुप निलम्बन गरिने प्रक्रिया अगाडि बढाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प