शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘बाढीपीडितको समस्या समाधान गर्न प्राधिकरण आवाश्यक’

शुक्रबार, ०२ भदौ २०७४, १४ : ०६
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौँ – नेपाली काँग्रेस नेत्रृ सुजाता कोइरालाले बाढीपीडितका समस्या समाधान गर्न बाढीपीडित पुर्ननिर्माण प्राधिकरण गठन गर्नुपर्ने बताएकी छिन् ।

नेत्रृ कोइरालाले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दे केही दिन अगाडि परेको अविरल वर्षाका कारण तराईका विभिन्न भागमा भएको डुवानका कारण ज्यान गुमेको र कयौँ व्यक्ति बेपत्ता भएको भन्दै वाढीबाट वेपत्ता भएका व्यक्तिको खोजी गरी उचित राहतको व्यवस्था गर्न प्राधिकरण आवश्यक रहेको बताएकी हुन् । 

विस २०४८ सालमा वागमति नदीको किनारामा रहेको पौरही गाविस बाढीले बगाउँदा तत्कालिन काँग्रेस सभापति कृष्णप्रसाद भट्टराई तथा प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले बाढीपीडितलाई बस्नका लागि उचित आवासको व्यवस्था गरेको स्मरण गर्दै नेत्रृ कोइरालाले उक्त कुरालाई वर्तमान सरकारले समेत आत्मासाथ गरेर अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

‘बाढीले घरहरु बगाएको, कृषि क्षेत्र तहसनहस पारेको भन्दै पीडितलाई तत्काल बसोबासको व्यवस्था मिलाउन सरकार गम्भीर बन्नुपर्छ’, नेत्रृ कोइरालाले भनिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप