ओली र प्रचण्ड बालुवाटारमा छलफल गर्दै
काठमाडौँ– मन्त्रीहरुको हेरफेर तथा पार्टी नेतृत्वको जिम्मेवारीबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले सघन छलफल गर्ने भएका छन् ।
शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागको बालुवाटार उच्च स्रोतले जनाएको छ ।
दुई अध्यक्षबीच बहिर्गमनमा पर्न लागेका र नयाँ आउने मन्त्रीहरुका बारेमा निर्णय हुने बताइएको छ । दुई अध्यक्षको छलफल पछि मात्रै सचिवालय बैठक बस्ने र उक्त बैठकबाट मन्त्रिमण्डल हेरफेरबारे ठोस निर्णय गर्ने नेताहरुको तयारी छ । यसअघि गत बिहीबारै बस्ने भनिएको सचिवालय बैठक पर्याप्त गृहकार्य नपुगेको भन्दै स्थगित हुँदै आएको थियो ।
दुई नेताको छलफलमा कुरा मिले शुक्रबार साँझ मन्त्रिपरिषद्को बैठक समेत बोलाउने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत