शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन गरिने

शुक्रबार, २९ कात्तिक २०७६, १२ : १४
शुक्रबार, २९ कात्तिक २०७६

प्रभु बैंक लि. ले  मोरङ्गको विराटनगर महानगरपालिका वडा–७ स्थित कोशी अस्पतालमा  काउण्टर सञ्चालन गर्ने भएको छ । बैंकले उपचार तथा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको हो । 

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालनको लागि सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर सम्झौतामा कोशी अस्पतालका तर्फबाट प्रमुख सुपरीटेन्डेन्ट डा. श्री गुणराज लोहनी र प्रभु बैंक लि. का तर्फबाट प्रदेश नं. १ का कार्यालय प्रमुख श्री लेखराज कार्कीले हस्ताक्षर गरेका थिए । 

उक्त सम्झौतापश्चात् प्रभु बैंकले आवश्यक पूर्वाधार निर्माण गरी सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बैंकको काउण्टर सञ्चालन गर्नेछ ।

साथै,  सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई समेत बैंकिङ्ग सेवा उपलब्ध गराउनेछ । कोशी अस्पतालमा प्रभु बैंकको काउण्टरबाट उपचारको लागि अस्पतालमा आउने सेवाग्राहीहरुले कोशी अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्न पाउने छन् । 

प्रभु बैंकले कोशी अस्पतालको आधिकारिक बैंकको रुपमा बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित उपचार सेवामा सहयोगीको भूमिका निर्वाह गर्न पाउँदा खुशी व्यक्त गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप