बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अपरिचित भीडको अगाडि कसरी बोल्ने ?

शुक्रबार, २९ कात्तिक २०७६, १२ : ०७
शुक्रबार, २९ कात्तिक २०७६

बीबीसी वर्कलाइफ

स्ट्यान्ड अप कमेडियनले धेरैपटक मुश्किलको सामना गर्नुपर्छ ।

यदि तपाईंले कुनै अपरिचित भीडको अगाडि बोल्नुपर्‍यो भने सायद तपाईंलाई आफूले केही गल्ती बोल्ने हो कि वा आफूले भन्न चाहेको कुरा अरुले नबुझ्ने हो कि भन्ने डर लाग्न सक्छ ।

स्ट्यान्ड अप कमेडियन लेन मूरसँग बीबीसीले दर्शकको सबैभन्दा खराब प्रतिक्रियाका लागि के तयारी गर्न सकिन्छ भनेर प्रश्न सोधेको छ ।

दर्शकले आफ्नो कुरा नरुचाउने अत्यधिक सम्भावनाका बीच उनीहरुको अगाडि उभिनुको अर्थ के हो, मूरलाई यो कुरा अरुलाई भन्दा राम्रोसँग थाहा छ ।

मूरलाई आफ्नो ठट्टा गर्ने क्षमतामाथि पूर्ण विश्वास छ तर अरुले पनि उनले झैं सोच्छन् वा उनको विचारलाई सही वा रोचक ठान्छन् ठान्दैनन् भन्ने कुरामा उनले पनि ध्यान दिनुपर्छ ।

लेन मूरले सिकेको पाठः

लेन मूर लेखिका, संगीतकार र हास्यकलाकार हुन् । उनका अनुसार उनका ९९ प्रतिशत कार्यक्रममा उनी दर्शक सामुन्ने केही भन्छिन् र उनीहरुले वाह–वाह भन्छन् ।

तर एक प्रतिशत समय यस्तो पनि हुन्छ जब दर्शकलाई उनको कुरा राम्रो लाग्दैन ।

मानिसहरुले उनीतर्फ ध्यान नदिएको र उनीहरुलाई अन्य कुरा नै रोचक लाग्न थालेको अवस्थाबाट पनि उनी गुज्रिएकी छिन् ।

त्यस्ता स्थितीमा मूर जति सक्दो छिटो मञ्चबाट हट्ने कोसिस गर्छिन् ।

मूरले वासिङ्टनमा एउटा शो गरेकी थिइन् । त्यो एउटा विशाल थिएटर थियो – निकै ठूलो र अत्यधिक सुन्दर । तर मञ्चमा पुग्नेबित्तिकै मूरलाई आफूमाथि नै शंका लाग्न थाल्यो ।

उनी भन्छिन्, ‘मञ्चमा तपाईंलाई देखेर के मानिसहरु साँच्चै नै उत्साहित छन् त भनेर तपाईं दर्शकलाई स्क्यान गर्नुहुन्छ ।’

भीडसँग डर लाग्छ !

थिएटर निकै ठूलो थियो र मञ्च अग्लो थियो त्यसकारण मूर दर्शकको प्रतिक्रिया सुन्न असमर्थ थिइन् ।

आफूले हावामा कुरा गरिरहेको र मानिसहरुलाई त्यसमा मज्जा नआइरहेको पनि हुनसक्छ भनेर उनी नर्भस हुन थालिन् ।

मनमा डर हुँदा हुँदै पनि उनले चुट्किला सुनाइरहिन् ।

एक समय यस्तो पनि आयो कि जब उनलाई एक्लै बोलिरहेको भन्ने भान भयो । उनलाई थाहा थिएन कि उनको कमेडीले काम गरिरहेको छ वा छैन ।

कुनै थिएटरमा हाँसो तपाईंसमक्ष पुग्न थोरै समय लाग्छ । वासिङ्टनमा पनि यस्तै भइरहेको थियो किनभने त्यो हल निकै ठूलो थियो ।

केही बेरपछि दर्शकहरुको हाँसो मूरसम्म पुग्न थाल्यो । उनले दर्शकको धुमिल अनुहार पनि देख्न थालिन् ।

यो घटना मूरका लागि अविष्मरणीय छ किनभने उनलाई एकपटक लागिसकेको थियो कि आफ्नो प्रयास विफल भइरहेको छ, मानिसहरु उनीसँग खुसी छैनन्, उनलाई अचम्मको र सन्की ठानिरहेका छन् ।

त्यसपछि उनी वास्तविकतासँग परिचित भइन् । दर्शकलाई उनको ठट्टा मन परिरहेको थियो र उनीहरु बेस्सरी हाँसिरहेका थिए ।

उनीहरु ‘वान्स मोर’ भनिरहेका थिए । मूर अन–द–स्पट नयाँ चुट्किला बनाएर उनीहरु सामू पेश गर्न थालिन् ।

उनका लागि यो सबैभन्दा शानदार अनुभव थियो । उनी भन्छिन्, ‘उनीहरुले मलाई स्विकार गरिरहेका थिए, उनीहरुले मलाई बुझिरहेका थिए, उनीहरुले मलाई हेरिरहेका थिए ।’

आफूलाई व्यक्त गर्नुहोस्ः

लेन मुरले यस्ता थुप्रै कार्यक्रम गरिसकेकी छिन् जहाँ उनले आफ्नो चुट्किलाले मानिसलाई हँसाउन नसकेको महसुस गरिन् ।

यो अनुभवले उनलाई कुनै पनि स्थितीमा सुरुवाती कदम विश्वासका साथ उठाउनुपर्र्छ भन्ने पाठ सिकायो ।

तपाईं आफ्नो विचारको एउटा हिस्सा मानिसहरुको सामुन्ने पेश गर्नुहोस् र उनीहरुको प्रतिक्रिया कस्तो आउँछ त्यो हेर्नुहोस् । यदि त्यो थोरै सकारात्मक देखिए मात्र आफ्ना थप कुरा पेश गर्नुहोस् ।

मूर भन्छिन्, ‘मैले सधैं केही यस्ता मानिसहरु भेटेँ जसले मेरो कुरा बुझ्छन् र ती मन पनि पराउँछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप