शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको छ : भारतीय विदेशमन्त्री

शुक्रबार, २९ कात्तिक २०७६, ११ : ३०
शुक्रबार, २९ कात्तिक २०७६

एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको टिप्पणी गरेका छन् । उनले भारतमाथि दबाब बनाउन आफ्नो जमिनमा लगातार आतंकवादीहरुलाई समर्थन दिइरहेको आरोप लगाएका हुन् ।

बिहीबार नयाँ दिल्लीमा रामनाथ गोयनका मेमोरियल व्याख्यानलाई सम्बोधन गर्दै जयशंकरले अब यसको जवाफ पाकिस्तानले दिनुपर्ने बताए ।

उनले सन् १९७२ मा सिमलामा भएको सम्झौताबाट पाकिस्तानमा विद्रोह र जम्मू–कश्मीरमा समस्या बढेको बताए । उनले भने, ‘हामी पाकिस्तानसँग सबै विवादबारे त्यो स्थितिमा मात्र कुरा गर्नेछौँ, जब उसले सीमा पार भइरहेको आतंकवादमाथि लगाम लगाउनेछ । विश्वमञ्चमा एक समय भारतको स्थिति निकै राम्रो थियो, तर चीनसँग सन् १९६२ मा भएको युद्धबाट उसलाई ठूलो नोक्सानी भयो । त्यसपछि सन् १९६५ मा पाकिस्तानसँग पनि युद्ध भयो । यो भारतका लागि खराब समय थियो ।’

कार्यक्रममा जयशंकरसँग चीन, क्षेत्रीय व्यापक आर्थिक साझेदारी, अनुच्छेद ३७० र नेशनल रजिस्टर सिटिजन्सको बारेमा सवाल जवाफ गरिएको थियो । क्षेत्रीय व्यापक आर्थिक साझेदारी जयशंकरले कुनै खराब सम्झौता गर्नुभन्दा सम्झौता नै नगर्न राम्रो हुने जिकिर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप