बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकसाथ ‘ग्याङस्टार ब्लूज’ र ‘भुइमान्छे’,  कसले पाउला दर्शक ?

शुक्रबार, ०२ भदौ २०७४, १३ : ५९
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार ‘ग्याङस्टार ब्लूज’ र ‘भुइमान्छे’ दुई चलचित्र प्रदर्शनमा आए । दुवै चलचित्र देशभर एकसाथ ब्यवसाहिक स्पर्धामा उत्रिएका हुन् ।

‘ग्याङस्टार ब्लूज’ 
सरोज न्यौपानेले निर्माण गरेको यो आशिरमान देशराज, आना शर्मा, रोजिशा शाही, संयम पुरी, प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । हेमराज बिसीले निर्देशन गरेको चलचित्र एक्सनले समेत भरिएको चलचित्र हो । चलचित्रले ग्याङस्टारको कथालाई उठान गरेको निर्माण युनिटले जनाएको छ । 

‘भुईमान्छे’ 
नवराज वुढाथोकीको निर्देशनमा तयार भएको यो चलचित्रमा कलाकार रमेश वुढाथोकी र सिपोरा गुरुङको मुख्य भूमिका रहेको छ । शवको पोष्टमार्टम गर्ने एक व्यक्तिको कथामा बनेको यो चलचित्र बयस्क पुरुषको दैनिकी र एक युवतीबीचको प्रेमको कथालाई उठान गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप