शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हावामा भएको कार्बन डाइअक्साइडबाट तयार भयो संसारको पहिलो कार्बन नेगेटिभ भोड्का

शुक्रबार, २९ कात्तिक २०७६, ०९ : ५७
शुक्रबार, २९ कात्तिक २०७६

अमेरिकी स्टार्टअप कम्पनी एयर को. ने हावाबाट संसारको पहिलो कार्बन नेगेटिभ भोड्का तयार गरेको छ । कम्पनीले हावामा भएको कार्बन डाइअक्साइडलाई सोलर पावर मेसिनबाट एथेनलमा परिवर्तन गरेर उक्त भोड्का बनाएको दाबी गरेको छ । कम्पनीका सह–संस्थापक ग्रेगरी कन्सटेनिनका अनुसार भोड्काको हरेक बोतलमा ०.४ किलो कार्बन डाइअक्साइडको प्रयोग भएको छ ।

एक बोतलको मूल्य ७ हजार ४ सय रुपैयाँः

कम्पनीका अनुसार यसको स्वाद साधारण भोड्काभन्दा भिन्न छ । भोड्का साधारणतया गहुँबाट तयार गरिन्छ तर नयाँ भोड्कालाई भिन्न तरिकाले बनाएको छ । यसको निर्माणको प्रविधी निकै भिन्न छ जसले हावाबाट कार्बोनडाइअक्साइडलाई छुट्टयाउन सक्षम हुन्छ ।

कम्पनीका अनुसार सोलर पावर मसिनले हावाबाट कार्बन डाइअक्साइडलाई लिएर त्यसलाई कार्बन र अक्सीजनमा तोड्छ । दुबै तत्वलाई मेटलको उपस्थितीमा पानीमा मिसाएर भोड्का तयार गरिन्छ । कम्पनीका अनुसार यो पूर्ण रुपमा शुद्ध छ ।

एयर को. कम्पनी आफ्नो उत्पादनमा नयाँ प्रविधि भित्र्याउनका लागि चर्चित छ जसले न्यूयोर्कका सिमित बार र रेष्टुरेन्टमा मात्रै आफ्नो उत्पादन आपूर्ती गर्ने गर्छ । कार्बन नेगेटिभ भोड्काको एक बोतलको मूल्य ६५ डलर अर्थात् ७ हजार ४ सय तोकेको छ । कम्पनीले सन् २०२० सम्म उत्पादनलाई मानिसहरुमाझ पुर्‍याउने तयारी गरिरहेको छ ।

कम्पनीका सह–संस्थापकले आफूहरु ग्रीन हाउस ग्यासको उत्सर्जनलाई कम गर्ने दिशामा काम गरिरहेको बताएका छन् । यसका साथै घरको सर–सफाईमा र रुम फ्रेशनरलाई पनि कार्बन डाएअक्साइडबाट तयार गर्ने योजना बनाइरहेको जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप