शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा नेकपा शीर्ष नेताहरुको बैठकः मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुने

शुक्रबार, २९ कात्तिक २०७६, ०९ : २४
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको छ ।

मन्त्रिमण्डल पुनर्गठनमा लागेका ओलीले सोबारे अन्तिम निर्णय लिन बैठक बोलाएका हुन् । बैठकमा नयाँ मन्त्री क–कसलाई बनाउने भनेर निर्णय लिने एक नेताले रातोपाटीलाई बताए ।

प्रधानमन्त्री ओलीले बिहीबार पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिव डेढघण्टा छलफल गरेका थिए । त्यसअघि ओलीले मन्त्रिमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।

बालुवाटार उच्च श्रोतका अनुसार मन्त्रिमण्डल हेरफेरका क्रममा करिव ८ जना मन्त्रिहरुले बिदा पाउनेछन् । त्यस स्थानमा नयाँ नेताहरुले मौका पाउनेछन् । कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने तयारीमा ओली लागेका हुन् ।

यस्तै कतिपय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय परिवर्तन गर्ने तयारी समेत प्रधानमन्त्री ओलीको  छ ।

विगत २० महिनामा मन्त्रीहरुले गरेको कामको आधारमा उनीहरुलाई सोही किसिमको जिम्मेवारी दिन लागेको वालुवाटार स्रोतको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप