शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२० तस्विरमा हेर्नुहोस् वाइसीएलको दोस्रो राष्ट्रिय सम्मेलन

शुक्रबार, ०२ भदौ २०७४, १३ : ४६
शुक्रबार, ०२ भदौ २०७४


काठमाडौँ । माओवादी केन्द्रको यूवा भाृत संगठन वाइसीएलको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट शुरु भएको छ । सम्मेलनको आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन् । 

शनिवारसम्म चल्ने सम्मेलनाबाट नयाँ नेतृत्व पनि चयन हुनेछ । नेतृत्वका लागि रामप्रसाद सापकोटा दीपशिखा, लक्ष्मी चौलागाई र दीपक देवकोटाको दावी छ । यद्यपी नेतृत्व सहमतिबाट चयन हुने सम्भावना छ । यस अघि १० माअ‍ोवादी घटकबीच भएको एकताको भाव आउने गरी नेतृत्व बनाइने नेताहरुले बताएका छन् । 

हाल नेपबहादुर कँवरको नेतृत्वमा ३९९ सदस्यीय सम्मेलन आयोजक समिति बनाइएको छ । 

वाईसीएलको नयाँ कार्यसमितिमा अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, ११ सचिव, एक कोषाअध्यक्षसहित १५१ सदस्यीय केन्द्रीय समिति बन्नेछ । 

शान्ति प्रक्रियामा आएपछि एकाएक चर्चामा आएको वाइसीएल बेला बेला विवादमा पनि तानिएको थियो । 

अखिल नेपाल युवक संघलाई २०५० मा वाइसीएल बनाउदा त्यसको अध्यक्ष संस्थापक अध्यक्ष टोपबहादुर रायमाझी थिए । सशस्त्र क्रान्ति शुरु गरेपछि वाईसीएललाई माओवादीले जनमुक्ति सेना बनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप