रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत
शुक्रबार, २९ कात्तिक २०७६, ०६ : ४९
पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत देखिएको छ ।
उजुरीकर्ता विजेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता लिने भनी जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँमा निवेदन दिएपछि ज्योतिविरुद्धको मुद्दा अदालत नपुग्ने देखिएको हो ।
मल्लले ज्योतिबाट बैनाबापतको रकम पाइसकेको भन्दै बुधबार सरकारी वकील कार्यालयमा जाहेरी फिर्ता लिने भनेर निवेदन दिएका थिए ।
सरकारी वकील कार्यालयले बिहीबार नै यस विषयमा थप अनुसन्धानको प्रतिवेदन (मिसिल)लाई महानगरीय प्रहरी परिसर टेकुमा पठाइसकेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी