शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टरनेटले रेस्लर तथा अभिनेता रकलाई ‘मारेपछि’...

बिहीबार, २८ कात्तिक २०७६, २३ : २३
बिहीबार, २८ कात्तिक २०७६

एक जमानामा ‘द रक’का नामले चर्चित रेस्लिङ खेलाडी तथा पछिल्लो कालमा लोकप्रिय एक्सन हिरोका रुपमा हलिउडमा स्थापित नायक जोनसनको इन्टरनेटले ‘हत्या’ गरेको छ ।

विश्वचर्चित सञ्चार संस्था विविसीको लोगोसहितको एउटा समाचार विभिन्न अनलाइनहरु तथा सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा एउटा खतरनाक स्टन्ट गर्ने क्रममा उनको मृत्यु भएको उल्लेख गरिएको छ ।

रोचक चाहिँ के छ भने सामाजिक सञ्जालमा उक्त खबरका साथ भिडियो पनि राखिएको देखाइएको छ, जसलाई खोलेर हेर्न खोज्दा सो समाचार सेयर गर्ने मेसेज स्वतः खुल्न जान्छ ।

वास्तवमा, द रक मारिएको खबर वास्तविक नभएर इन्टरनेटमा फैलिएको गलत हल्ला मात्रै हो । ४७ वर्षीय जोनसन त्यस्ता कुनै दुर्घटनामा नपरेको र उनी स्वस्थ एवं जीवितै छन् ।

त्यसो त हलिउडका नायक नायिकाहरु मरेका वा मारिएका यस्ता खबरहरु बारम्बार इन्टरनेटमा भाइरल हुने गर्छन् । हलिउडका अर्को चर्चित नायक सिल्भेस्टर स्टालोनलाई पनि इन्टरनेटले थुप्रै पटक प्रोस्टेट क्यान्सरको हवाला दिँदै मारिसकेको छ जबकि ७१ वर्षीय ती नायक त्यस्त कुनै रोगले पीडित छैनन् र उनी अझै पनि तन्दुरुस्त नै रहेका छन् ।

Photo: https://www.inquirer.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप