शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले भारतको यसरी खेदो खन्योः रिसाएका भारतीयले सहन सकेनन् यी सात पाप

शुक्रबार, ०२ भदौ २०७४, १३ : ३६
शुक्रबार, ०२ भदौ २०७४

बीबीसी

चीनको सरकारी मिडियाले सिक्किममा सीमा विवादमाथि भारतको मजाक उडाउँदै एक प्रोपोगान्डा भिडियो जारी गरेको छ । यो भिडियोमा अब विवाद सुरु भएको छ र सोसल मिडियामा यसमाथि जातीवाद भएको आरोप लगाइँदै छ ।

अंग्रेजी भाषामा तयार गरिएको यो भिडियोमा भारतका सात पापको सूची निकालिएको छ । भिडियोमा एक महिलालाई पगडी (टोपी) लगाएर उनलाई भारतीय लवजमा बोलिरहेको देख्न सकिन्छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बुधबार यो भिडियो जारी गरेको हो । यो भिडियो डोकलाममा दुबै देशबिच जारी विवादसँग जोडिएको एक च्याट शोको हिस्सा हो ।

भारतमा यो भिडियोप्रति हैरानी र रोष दुबै भावना व्यक्त गरिँदै छ ।

क्लिपमा के छ ?

‘सेभेन सिन्स अफ इन्डिया’ (भारतका सात पाप) शीर्षकको यो भिडियोमा डियर वांग भारतप्रति चीनको आपत्तिबारे बताउँछिन् । यो आपत्ति डोकलामसँग जोडिएको छ ।

डोकलाममा भारत, चीन र भूटानको सीमा छ । स्पार्क नामको यो च्याट शो सिन्ह्वाले केही समय अघि सुरु गरेको हो ।

कार्यक्रमकी प्रस्तोताले भारतमाथि ‘अन्तर्राष्ट्रिय कानूनलाई तोडेको’ र ‘आफ्ना अवैध कदमका लागि आँखामा धुलो छारो हाल्ने बहाना खोजेको’ आरोप लगाउँछिन् ।

कार्यक्रम प्रस्तोता आफूसँगै कुरा गरिरहेको देख्न सकिन्छ । उनी भारतीय सिखको पोशाकमा छिन् ।

दोस्रो दृश्यमा भारतीय सिखको पोशाक लगाएकी ती महिला कैंचीले इशारा गर्छिन् । कैंचीले जुन व्यक्तितर्फ इशारा गरिन्छ उनले भूटानको प्रतिनिधित्व गर्दछन् ।

भारतले यो हिमालय देशमा दादागिरी गर्ने कोसिस गरिरहेको छ भनेर देखाउन खोजेका छ । यो भिडियोलाई विदेशी दर्शकलाई केन्द्रीत गरेर बनाइएको हो ।

त्यसकारण भिडियोमा संवादको भाषा अंग्रेजी राखिएको छ । यसलाई सिन्ह्वाले यूट्युब, ट्वीटर र फेसबुकमा पनि हालिएको छ । यद्यपी, यी तीनै सेवा चीनमा बन्छ छ । चीनियाँ रिपोर्टका अनुसार यो अनलाइन शोको उद्देह्य विवादमाथि अन्तर्राष्ट्रिय दृष्टिकोण पनि सार्वजनिक होस् । योभन्दा अघिको शोमा भारत र चीनबिचको गतिरोध देखाइएको छ ।

भारतीयको प्रतिक्रिया के छ ?

भारतीय मिडियामा यो भिडियोलाई नस्लवादी भनिएको छ । यसमा सिखलाई निशाना बनाइएको बताइएको छ । चीन र भारतमा पछिल्लो दुई महिनादेखि तनाव छ । यो तनावको विषयमा चीनियाँ मिडियामा निकै आक्रामक रिपोर्ट छापिएको छ ।

उक्त भिडियोमा देखाइएको भारतका पापः

– १८ जूनमा भारतीय सैनिक अवैध रुपमा हतियार र बुल्डोजरसँगै चीनियाँ सीमामा प्रवेश गरे ।

– भारतीय सैनिकले निकै गोप्य ढङ्गले चीनियाँ सीमामा प्रवेश गरे ।

– भारतले अन्तर्राष्ट्रिय नियमको उल्लंघन गर्यो ।

– यो मुद्दामा भारतले आफूलाई सही बताइरहेको छ । चीनले सडक बनाइरहेको थियो त्यसकारण उसले यस्तो गरेको पनि बताइएको छ ।

– भारतले यो विषयमा झुट बोलिरहेको छ ।

– भूटानको सुरक्षाको नाममा भारतले चीनमा अवैध रुपमा प्रवेश गरेको छ ।

– भारतले भूटानलाई एक ढालको रुपमा प्रयोग गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप