बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिशूलीमा बगेर युवक बेपत्ता

बिहीबार, २८ कात्तिक २०७६, २२ : २९
बिहीबार, २८ कात्तिक २०७६

चितवन- इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित त्रिशूली नदीमा आज दिउँसो नुहाउने क्रममा नदीले बगाएर एकजना बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा विरगञ्ज महानगरपालिका–३२ का अन्दाजी २१ वर्षीय विजय लामा रहेका छन् । धारापानी क्षेत्रमा ज्यालामजदूरी गरी बस्दै आएका लामा नुहाउँने क्रममा दिउँसो तीन बजे बेपत्ता भएका हुन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप